२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विमल ट्रायलका लागि आज बेल्जियम जाँदै

काठमाडौं – यसै वर्षदेखि ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन्।

च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन्। विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन्। बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता सहमतिमा रद्द गरेका छन्।

विमलले लिगका खेल गुमाउने पुष्टि गर्दै च्यासल युथ क्लब, अफिसियल र शुभचिन्तकलाई धन्यवाद दिएका छन्। फेसबुकमार्फत उनले ए डिभिजन लिगमा डेब्यू गर्दा खुसी लागेको बताएका छन्। तर च्यासलले राम्रो शुरुवात गर्न नसकेको बताएका उनले च्यासलसँगको यात्रा सकिएको लेखेका छन्।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा भने यसै वर्षदेखि डेब्यु गरेका हुन्। विमलले यसअघि विसं २०७१ को राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए। एन्फाको बुटवल एकेडेमीमा विसं २०६७ मा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे।

सन् २०१२ को एएफसी यू–१४ फेस्टिभलमा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो। राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए।

प्रकाशित: १९ मंसिर २०७५ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App