१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सबैखाले क्रिकेटबाट गम्भीरको विश्राम

मुम्बई – भारतीय क्रिकेटका पूर्वओपनर गौतम गम्भीरले मंगलबार सबैखाले  क्रिकेटमा विश्राम  लिएका छन्। करिब १५ वर्ष भारतीय क्रिकेटमा रहेका गौतमले सामाजित सञ्जाल फेसबुकमा भावुक भिडियो सार्वजनिक गर्दै मंगलबार संन्यासको घोषणा गरेको भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ। 

सन् २०११ को विश्वकप क्रिकेट विजेता भारतीय टोलीका सदस्यसमेत रहेका गौतम सन् २०१६ देखि भने राष्ट्रिय टिममा पर्न असफल थिए। उनले सन् २०११ को विश्वकप फाइनलमा श्रीलंकाविरुद्ध ९७ रन बनाउँदा भारतले उपाधि चुमेको थियो। उनले पछिल्लो पटक सन् २०१६ मा घरेलु मैदान राजकोटमा इङ्ल्यान्डविरुद्धको पहिलो टेस्ट खेलेका थिए।

सन् २००७ मा पनि भारतले ट्वान्टी–२० क्रिकेटको विश्वकप जित्दा समेत उनी टोली महत्वपूर्ण सदस्य थिए। उनले सन् २००३ मा बंगलादेशविरुद्ध ढाकामा भएको एकदिवसीय क्रिकेटबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

त्यसपछि उनले ५८ टेस्टमा ९ शतकसहित क्रिकेटमा कुल ४ हजार १ सय ५४ रन बनाएका छन्। कुल १ सय ४७ एकदिवसीय क्रिकेट खेलेका गौतमले ५ हजार २ सय ३८ रन बटुलेका छन्। 

प्रकाशित: १८ मंसिर २०७५ २३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App