काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ।
प्रतियोगितामा पारामासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मिनकुमार शर्माले जनाएका छन्। एक महिनाको अवधिमा सम्बन्धित खेल संघले प्रतियोगिता सम्पन्न गर्नु पर्नेछ।
प्रतियोगितामा १ हजार १ सय खेलाडीको सहभागिता रहने सदस्य–सचिव शर्माले जानकारी गराए। करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १ सय ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: १६ मंसिर २०७५ १३:२३ आइतबार