१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मन्दिरमा नयाँ लिंगो फेरिएसँगै जुम्लामा घटस्थापना

तस्बिर :गोल्डेन बुढा /नागरिक

कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो फेरिएसँगै जुम्लीहरुले घरघरमा घटस्थापना गरेका छन् । परम्पराअनुसारै मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै घटस्थापना गरिएको हो । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते कपडा राखिन्छ।

पुर्खादेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित पाँच पुराना लिंगो झिकेर नयाँ ठड्याउने चलन रहेको चन्दननाथ नगरपालिका  ५ का स्थानीय जानकार चित्रलाल श्रेष्ठले बताए।

लिंगोलाई रातो, सेतो, रङ्गी विरङ्गी कपडाले ढाकिन्छ ।ठड्याउने क्रममा लिंगो भाँचियो वा खण्डित भयो भने पुरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास रहिआएको छ। तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएको र सन् १४९८ सालबाट यो मन्दिरमा लिंगो गाड्ने परम्परा छ ।

प्रत्येक दिन पूजा हुने प्रसिद्ध मन्दिरमा साताको एकपटक विशेष पूजा हुने र एक वर्षमा ५२ साता हुने भएकाले ५२ हाते ध्वाजासहित ५२ हाते लिंगो खडा गरी घटस्थापना गर्ने प्रचलन छ । ुमन्दिरकै माटो लिएर घर(घरमै जमरा राख्ने गरिन्छ।बिहान ८ बजेदेखि नै स्थानीय बासिन्दाले बाजागाजासहित पूजा गरी लिंगो फेर्ने चलनअनुसारै यसपटक पनि नयाँ लिंगो ठड्याइएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर थापाले बताए।

देवताको जयघोष र पूजा आरती, भजन किर्तनका साथ लिंगो फेर्ने चलन रहेको अध्यक्ष थापा बताउँछन्।मार्सीधान पनि त्यो दिनदेखि काट्न सुरु गरिन्छ । बि।स।६७० सालमा चन्दननाथ बाबालाई मुर्ति चढाएको दिनलाई विशेष महत्वका साथ हेरीन्छ ।

चन्दननाथ भैरवनाथ मन्दिरको पुरानो लिंगो निकाल्दा मानिसहरुले लिंगोमा बाँधिएका ध्वजा र नेजा लैजान्छन ।

पुराना ध्वजा र नेजा लिए शक्ति प्राप्त हुने र अनिष्ट नहुने जनविश्वास छ । लिंगो गाड्दा खनिएको माटो समेत बोकेर घरमा लाने  गरिन्छ।गत असोज १४ गते चन्दननाथ नगरपालिका (३ ढाँड थपालाको जंगलबाट नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र, प्रहरी तथा सयौं भक्तजनको संयुक्त बलमा लिंगो ल्याइएको थियो।भने बिहीबार पुरना लिंगो प्रतिस्थापन गरेर नयाँ लिंगो खडा गरिएको हो।

सरकारी कार्यालयका कर्मचारी, सेना, प्रहरीले ल्याउने पल्टन लिंगो, थपाला लिंगो र कम्सल लिंगो, एउटा चन्दननाथको पुरानो लिंगो र विजयी स्तम्भ गरी पाँचवटा लिंगो गाड्ने प्रचलन छ।जुम्लावाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घ्यु, मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का,मुगुवाट मास, मुगी दाल, राडिपाखी, ठेटुवा र चौरी फुर्को ल्याउने परम्परा छ ।

 जुम्ला राज्यको स्थापना संगै १४४८ मा राजा वलिराजले चन्दननाथ मन्दिरको निर्माण गरेका थिए । पटक पटक यो मन्दिरले विभिन्न समस्या झेल्दै आएको थियो । १८४६ मा जुम्ला राज्य कव्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो।

त्यसपछि सिद्ध चन्दननाथ बाबाले मन्दिर निर्माण गरि चरणपादुका वनाएर दत्तात्रयको मुर्ति राखेका थिए।चन्दननाथ भैरबनाथ मन्दिरका नयाँ लिंगा फेरिए संगै जुम्लामा विधिवत रुपमा दसैं शुरु भएको मानिन्छ। 

पछिल्लो समय भक्तजनहरुको संख्या भने घटेको देखिन्छ। सुरक्षाकर्मीकै भरमा लिंगा काटेर ल्याउने देखि ठड्याउने सम्म हुने गरेको छ।धार्मिक र ऐतिहासिक परम्परा जगाइ राख्न स्थानीयलाई गुठी समितिले अपिल समेत गरेको छ ।घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नआवस भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने समत परम्परा रहेको जानकारहरु बताउँछन्।

घटस्थापनाको लिंगा खडा गर्ने ठाउँमा पुग्दा आफूले चिताएको पुरा हुने भन्दै मन्दिरमा करिब दर्जनौंपटक भक्तजनहरु सहभागी भएका थिए। घटस्थापनाकै दिन जुम्लाका घरघरमा जौँका जमरा राख्ने चलन छ। भने साँझ नयाँ फलेको काली जुम्ली मार्सी धानको चिउरा कुटेर दही, मह सँग मिसेर न्वागी बनाई घर परिवार तथा बिहे गरेकी छोरी चेलीलाई बोलाएर खुवाउने चलन छ।

प्रकाशित: १७ आश्विन २०८१ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App