१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

कार्की र मल्ललाई काल्र्सबर्ग गल्फ सिरिज

काठमाडौं – काल्र्सबर्ग गल्फ सिरिज २०१८ को अन्तिम लिगमा पवित्रकुमार कार्कीले ३०० अंक प्राप्त गरी आफ्ना लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्ल ४९० अंकका साथ सिरिजको ग्रस च्याम्पियन बने।

देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिजको समाप्ति काल्र्सबर्गका साथमा भव्य रूपमा भयो । ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदीयमान गल्फरहरूको कडा प्रतिस्पर्धा देखिँदै छ। 

३ मध्येको अन्तिम सिरिजको सुरुआत असोज २० गते भएको थियो । आफ्ना होम क्लबहरूका भ्यालिड ह्यान्डिक्याप भएका देशभरिका उदीयमान गल्फरहरूलाई यस इभेन्टमा सुनौलो मौका दिइएको थियो । यो सिरिज तीनका मुनि चार ह्यान्डिक्यापका साथ स्टेबलफोर्ड फम्र्याटमा खेलिएको थियो। 

सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले साँच्चि नै नै लामो बाटो तय गरेको गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले बताए ।  यस सिरिजले प्रतिभाशाली उदीयमान गल्फरहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको उनको भनाइ थियो । गोकर्ण फरेस्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा उनले कृतज्ञता व्यक्त गरे।

गोर्खा बु्रअरीका बजार प्रबन्धक रोजन अमात्यले आफूहरूले प्रतियोगिताबाट धेरै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको बताए । ‘हामी सहभागीहरूलाई कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ अमात्यले भने,‘यसका साथै हामी हाम्रा पार्टनर, गोकर्ण फरेष्ट रिसर्टलाई यस प्रतियोगितालाई सफल बनाउनका गरेकोे सहयोगका लागि धन्यवाद दिन चाहन्छौं।’

गोकर्ण फरेस्ट रिसोर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले काल्र्सबर्ग गल्फ सिरिज उदीयमान गल्फरहरूका लागि एक उत्कृष्ट मञ्च भएको बताए । ‘रिजोर्टको तर्फबाट काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा धन्यवाद दिन चाहन्छु,’ आचार्यले भने, ‘यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्नेछ।’

प्रकाशित: २१ आश्विन २०७५ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App