काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोनाले लेगानेससँग अप्रत्याशित पराजय व्यहोरेको छ। यो सिजनमा लिग लिडर बार्सिलोनाको यो पहिलो हार हो।
घरेलु मैदानमा लेगानेसले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ। खेलको पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लिएपनि अन्तिममा भने अप्रत्याशित रुपमा २ गोल खान पुग्यो।
बार्सिलोनाका लागि १२ औं मिनेटमा फिलिप काउटिन्होले गोल गरे। लेगानेसका लागि इजारले ५२ औं मिनेटमा बराबरी गोल गरे। ५३ औं मिनेटमा ओस्कार रोड्रिगेजले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए।
प्रकाशित: ११ आश्विन २०७५ ०५:५४ बिहीबार