२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट : अन्तिम खेलमा नेपाल र मलेसियाकाे बराबरी

काठमाडाैं - एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट समूह ’ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले मलेसियासँग बराबरी खेलेको छ। सशस्त्र प्रहरीको खेलमैदान हलचोकमा आज (आइतवार) सम्पन्न खेलमा नेपाल र मलेसियाबीचको खेल ४–४ गोलको बराबरीमा सकिएको हो।

बराबरीसँगै नेपालले प्रतियोगितामा खेलिएका तीन खेल मध्ये कुनैमा पनि जित निकाल्न सकेन। सान्त्वना जितको खोजिमा रहेको नेपाली टोली तालिकामा अंक विहिन भने हुनु परेन। बराबरीसँगै नेपाल र मलेसियाले एक एक अंक बाडेका हुन्। दुवै टोलीले यसअघि खेलिएका अाफ्ना दुवै खेलमा हार व्यहोरेका थिए। नेपाल आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो भने दोश्रो खेलमा म्यानमारसँग लज्जास्पद हार व्यहोर्न बाध्य भएको थियो। म्यानमारले नेपाललाई ११–१ को नमिठो हार चखाएको थियो। सुरुवाती दुवै खेलमा पराजित हुँदै छनाेट सम्भावना सकिएका दुवै टाेलीका लागि अाइतवारकाे खेल प्रतिष्ठाकाे लडार्इ रहेकाे थियाे।

याे समुहबाट भने फिलिपिन्सलाई ५–१ ले पराजित गर्दै म्यान्मार अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपका लागि छनाेट भएकाे छ। तीन खेल खेलेको म्यान्मार सबै खेलमा जित हात पार्दै ९ अङ्क सहित समुहकाे शीर्ष स्थानमा रह्यो।

प्रकाशित: ७ आश्विन २०७५ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App