१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

काठमाडौं – नेपाली सेपाकताक्रो टोली ३३ औं किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको खोराट जाँदै छ । सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष÷महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउने छन्।

पुरुषमा रुपेश सुनार (कप्तान), रोशन तामाङ, सुजन डंगोल, सन्जिव धिमाल, रविन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया थापा मगर (कप्तान), चन्द्रा चौधरी, भूमि थिङ लामा, स्वस्तिका श्रेष्ठ र सुमित्रा डंगोल छन् । टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङ र गंगाबहादुर गुरुङ छन् । प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिए । निर्णायकको भूमिकामा अर्जुनबहादुर ठकुल्ला र सलिना थापा पनि टोलीसंगै थाइल्यान्ड जाँदैछन्।

किङ्स कपमा नेपालले २९ औं संस्करणदेखि भाग लिन सुरु गरेको थियो । त्यसएता एक संस्करणमा बाहेक नेपालले सबैमा भाग लिदै आएको छ । २०७२ को भूकम्पका कारण नेपालले ३१ औं संस्करणमा सहभागिता जनाएन । सहभागी ३ संस्करणमा हालसम्म नेपालले ४ कांस्य जितेको छ । २९ औं संस्करणमा नेपालले पुरुष रेगु, ३० औंमा पुरुष रेगु र डबल्स तथा ३२ औंमा महिला रेगुमा कांस्य पदक जितेको थियो।

प्रकाशित: ५ आश्विन २०७५ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App