२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

राष्ट्रिय महिला भलिबल असोज २३ देखि बागलुङमा

बागलुङ - २२ अाैं राष्ट्रिय महिला भलिबल प्रतियोगिता अागामी असोज २३ देखि २७ गतेसम्म बागलुङ जिल्लाकाे गलकाेटमा हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने भएकाे हाे।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टाेलीकाे सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए। प्रतियोगिता सञ्चालन गर्न रु २० लाख खर्च हुने अनुमान छ। प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल सङ्घले जनाएको छ। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने छ। विजेता टिमले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार पाउनेछ।

सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई समेत पाँच हजारका दरले पुरस्कार प्रदान गरिने अायाेजकले जानकारी दिएकाे छ। रासस

प्रकाशित: १ आश्विन २०७५ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App