४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

चितवन टाइगर र थ्री स्टारको विजयी सुरुआत

ढोरपाटन भलिबल अन्तर्गत थ्री स्टार र छन्त्याल संघ (नीलाे) बीचकाे खेल । तस्बिर साैजन्यः राखेप

काठमाडौं – चितवन टाइगर र थ्री स्टार एकेडेमीले पाँचाैं ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन्। 

गोंगबुस्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा भएको खेलमा चितवन टाइगरले धादिङलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको चितवनले दोस्रो सेट २५–१८  र अन्तिम सेट २५–१४ ले आफ्नो बनाएको थियो। 

त्यस्तै शनिबारै सम्पन्न अर्को खेलमा थ्री स्टारले नेपाल छन्त्याल संघविरुद्ध ४–१ को विजयी नतिजा निकाल्यो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको थ्री स्टारले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२२ ले पुनरागमन गरेको थ्री स्टारले अन्तिम सेटमा २७–२५ को कठिन जित हात पार्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। 

शनिबारै सम्पन्न अन्य खेलमा विभागीय टोली एपिएफले ग्लासियर कलेजलाई २५–१४,२५–१४ र २५–१४ को सोझो सेटमा पराजित गर्दा गीताञ्जली कलेजले एन्जल्स हर्ट कलेजलाई २५–१३, २५–१४ र २५–२० को सोझो सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरायो। 

१६ टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइलनमा प्रवेश गर्नेछन्। 

प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार तथा तेस्रोले ३५ हजार रुपियाँ प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट विधाका खेलाडीले नगद ५–५ हजार नगद हात पार्नेछन् भने उत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ। प्रतियोगिता आश्विन ६ गतेसम्म सञ्चालन हुनेछ। 

 

प्रकाशित: ३१ भाद्र २०७५ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App