४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

अझै पाएन नेपालले बङ्गबन्धुको पुरस्कार राशि

काठमाडौं - बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिते बापतको पुरस्कार नेपालले अझै पाउन सकेको छैन। नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जिते बापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो। उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।

पाँचाैं संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए। अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग नलिने रार्इले बताए। त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ। बङ्गलादेश फुटबल महासङ्घले गएको शनिबार पाँचाैं संस्कारणको खेल तालिका सार्वजनिक गरिसकेको छ। पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ।

शनिबार सार्वजनिक गरिएकाे खेल तालिका अनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ। समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तान समेत छन्। समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन्। रासस

प्रकाशित: १८ भाद्र २०७५ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App