१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

महिला टोली भुटान जाने

काठमाडौं – भुटानमा बिहीबारबाट सुरु हुने दोस्रो साफ यु–१५ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

भदौ २ सम्म चल्ने प्रतियोगितामा नेपाल, भुटान, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ६ टोलीको सहभागिता रहनेछ। 

प्रतियोगिताको पहिलो संस्करण बंगलादेशमा आयोजना भएको थियो, जहाँ घरेलु टोली भारतलाई पराजित गर्दै च्याम्पियन बनेको थियो। 

नेपालले समूह ‘बी’ मा बंगलादेश र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ‘ए’ मा भारत, भुटान र श्रीलंका छन्।

नेपालले समूहको पहिलो खेलमा शनिबार पाकिस्तानको सामना गर्नेछ भने दोस्रो खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रकाशित: २२ श्रावण २०७५ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App