१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मोडरिच फरक ग्रहका खेलाडी

रोसचिनो – क्रोएसियाका मिडफिल्डर इभान राकेटिचले आफूसँगै फुटबल खेलिरहेका सहयात्री लुका मोडरिच फरक ग्रहबाट आएको भन्दै राष्ट्रिय टोलीका लागि अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्।

क्रोएसियाका महान् मिडफिल्डर रोबर्ट प्रोसिनेकीसँग तुलना गर्दै राकेटिचले रियाल मड्रिडबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका मोडरिच अर्कै स्तरको खेलाडी भएको बताएका छन् । मोडरिचले रूस विश्वकपमा क्रोएसियाको कप्तानी गरिरहेका छन् । राकेटिचले भने, ‘लुका क्रोएसियाको उत्कृष्ट खेलाडी मात्र होइनन्, उनी उच्च व्यक्तित्व र नेतृत्वदायी क्षमता भएका व्यक्ति हुन् । जसलाई हामीले पछ्याइरहेका छौं।’

क्रोएसियाले आइतबार क्वार्टरफाइनलका लागि निज्ने नोभगोरोडमा डेनमार्कविरुद्ध खेल्नेछ । स्वर्णिम पुस्ताको रूपमा लिइएको क्रोएसियाको टोलीमा ३०औं वसन्त पार गरिसकेका मोडरिच र राकेटिच लामो समयदेखि ठूला प्रतियोगितामा सँगै खेल्दै आएका छन्।

‘प्रतियोगितामा अन्त्यमा उपाधि उचाल्यौं भने अन्तर्राष्ट्रिय खेलबाट हाम्रो संन्यास सुखद बन्नेछ,’ राकेटिचले भने।

 

प्रकाशित: १६ असार २०७५ २०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App