काठमाडौं – चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबलमा नेपाल पुलिस क्लब र पद्मोदय क्लबले विजियी सुरुआत गरेका छन्।
सोमबार त्रिपूरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न उद्घाटन खेलमा पुलिस क्लबले न्यु डायमन्डलाई ३–१ को सेटमा पराजित गर्याे । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगतार तीन सेट आफ्नो पक्षमा पार्याे । दोस्रो खेट २५–११ को अन्तरमा जितेको पुलिसले तेस्रो सेट २५–२३ तथा चौथो सेट २५–२१ ले जितेको हो।
सोमबारै सम्पन्न दोस्रो खेलमा पद्मोदय क्लबले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्याे । पहिलो सेट २५–१४ ले जितेको पद्मोदयले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२२ ले जितेको थियो ।
त्यस्तै अर्को खेलमा एपिएफले नेपाल आर्मीलाइ ३–० को सोझो सेटमा पराजित गर्याे । पहिलो सेट २५–१४ ले जितेको एपिएफले दोस्रो सेट २५–२० तथा तेस्रो सेट २५–१३ ले जित्यो।
नेपाल भलिबल संघको आयोजन तथा राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भैरहेको प्रतियोगितामा ६ क्लबको सहभागिता रहेको छ । राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको विजेता टोलीले २ लाख, उपविजेताले १ लाख, तेस्रो स्थानको टोलीले ५० हजार, चौथो स्थानको टोलीले २५ हजार रुपैयाँ हात पार्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार हात पार्दा बेस्ट स्पाइकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिता जेठ २६ गते सम्म हुनेछ।
प्रकाशित: २२ जेष्ठ २०७५ ०४:३१ मंगलबार