२९ असार २०८२ आइतबार
image/svg+xml
खेल

टेबल टेनिस टोली उज्बेकिस्तान जाँदै

नेपालका ६ खेलाडीले उज्बेकिस्तानमा हुने एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

असार १२ देखि १८ गतेसम्म हुने च्याम्पियनसिपमा ६ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली सहभागी हुँदै छ। त्यसका लागि नेपाली टोली बुधबार उज्बेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ। उक्त प्रतियोगितामा समान तीन पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङ्गी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्नेछन्।

टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए। सो अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ असार २०८२ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App