२६ असार २०८२ बिहीबार
image/svg+xml
खेल

क्लब विश्वकप: बेनफिकामाथि जित निकाल्न बोका जुनियर्स असफल

अर्जेन्टिनाको राष्ट्रिय टोलीका दुई सदस्यको गोलका बावजुद बोका जुनियर्स क्लब विश्वकपमा पोर्चुगिच टोली बेनफिकामाथि जित निकाल्न असफल भएको छ।

हार्ड रक स्टेडियममा समूह ‘सी’ को खेलमा ब्युनस आयर्सको टोली बोका जुनियर्सले बेनफिकासँग २–२ को नतिजासँगै क्लब विश्वकपमा जित निकाल्ने अवसर गुमाएको हो। पहिलो हाफमा एन्जल डी मारियाको पेनाल्टी र ८६औं मिनेटमा निकोलस ओटामन्डीको हेडर गोलबाट बेनफिकाले हार टारेको हो।

दुई खेलाडीबिना खेलेको बोका जुनियर्ससँग बेनफिकाले अन्तिम समयको गोलबाट एक अंक निकाल्यो। यस खेलमा कुल तीन खेलाडीले रातो कार्ड सामना गरे। मिगुइल मरेन्टिएल र रोड्रिगो बटाग्लियाको गोल प्रेरणामा अर्जेन्टिनी क्लबले २–० को अग्रता लिएको थियो। यो अग्रतापछि बोका जुनियर्सले विजयोत्सव मनाउने अनुमान गरिएको थियो। ७२औं मिनेटमा बेनफिका पनि १० खेलाडीमा सीमित हुन पुग्यो।

यस खेलमा बोकाले आफ्नो समर्थकबाट राम्रो साथ पनि पायो। उनीहरू क्लबको झन्डा फरफराउँदै र सांगीतिक रूपमा रमाएका थिए। हार्ड रक स्टेडिययममा ५५ हजार पाँच सय ७४ जना समर्थकले भरिएको थियो। जसले गर्दा खेलमा रोमाञ्चकता पनि प्रदान गर्‍यो। सोहीअनुरूप मैदानको खेलमा उत्कृष्ट प्रदर्शन रह्यो।

दक्षिण अमेरिकी क्लबले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध आफूहरू पनि उत्कृष्ट रहेको प्रमाणित गरे। मिडफिल्डमा बलियो नियन्त्रण राख्दै बोका जुनियर्सले लगातार आक्रमण पनि बन्यो। यससँगै विश्वकप विजेता अर्जेन्टिनाका सदस्यसमेत रहेका एन्जल डी मारियाको टोली बेनफिकाले लगातार दबाब सामना गर्नुपर्‍यो। ट्याक्टिल रूपमा बलियो देखिएको बोकाले २१औं मिनेटमा नै अग्रता बनायो।

लेफ्ट साइडबाट लाउटारो ब्लान्कोले लिएको क्रस सदुपयोग गर्दै मरेन्टिएलले गोल गरेका हुन्। ६ मिनेटपछि नै बोकाले दोस्रो गोल गरेपछि बेनफिकामाथि थप दबाब पर्‍यो। एर्टन कोस्टाको हेडर पासमा बटाग्लियाले गोल गरे। दुईपल्ट पछि परेको युरोपियन च्याम्पियन बेनफिकाले त्यसपछि खेलमा फर्कन धेरै संघर्ष गरिरह्यो। तर, बोकाका कार्लोस पालसिसले पेनाल्टी बक्समा ओटामेन्डीमाथि फाउल गरे। त्यसपछि बेनफिकाले पेनाल्टी गोलबाट खेलमा फर्कने अवसर पायो। भारबाट बेनफिकाले पेनाल्टी पाएको हो।

यो निर्णयविरुद्ध लगातार प्रतिबाद गरेका एन्डर हेरेराले रातो कार्ड पनि सामना गरे। यस अवसर डी मारियाले गोल गरे। ७१औं मिनेटमा आन्द्रिया बेलोटीले रातो कार्ड सामना गरेपछि बेनफिका पनि दबाबमा पर्‍यो।

तर, ८४औं मिनेटमा ओटामेन्डीले कर्नर प्रहारबाट गोल गर्दै बेनफिकालाई २–२ को बराबरीमा ल्याए। इन्जुरी समयमा पनि बोका अर्का खेलाडीले पनि रातो कार्ड सामना गरे। फ्लोरेन्टिनोमाथि खराब ट्याकल गरेपछि निकोलस फिगलले रातो कार्ड पाएका हुन्। ‘हाम्रा लागि सुखद रहेन। किनकि हामी जित निकाल्न सक्छौं भन्ने विश्वास थियो,’ बोकाका डिफेन्डर बटाग्लियाले भने,‘सकेसम्म सबै दियो। चाहिएको अनुरूप नै खेल्यौं। तर, पनि सुखद नतिजा पाउन सकेनौं। अग्रता लिएको अवस्थालाई सदुपयोग गर्न असफल भयौं। सेट पिसमा विपक्षीले गोल गरे।’

डी मारियाले पनि बेनफिकाले जित निकाल्ने र तीन अंक लिने विश्वासका साथ आएको बताए।

‘जित निकाल्ने प्रयास गर्‍यौं। अर्जेन्टिनाको फुटबलबारे जानकार थियौं। कसरी खेल्नुपर्छ भन्ने थाहा थियो। पहिलो हाफमा राम्रो हुन सकेन। दोस्रो हाफ राम्रो गर्‍यो। तर, जित निकाल्न भने सकेनौं।’

यस समूहमा अब बायर्न म्युनिखले अकल्यान्ड एफसीसँग खेल्नेछ।  

प्रकाशित: ४ असार २०८२ ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App