१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाली बलरको धारिलो बलिङ, नेदरल्यान्ड्स दियो २२६ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले  नेपालसमक्ष २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्यान्डमा जारी त्रिकोणीय सिरिजको दोस्रो खेलमा नेपाली बलरको धारिलो प्रदर्शनका बाबजुत नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन जोड्न सकेको हो। 

नेदरल्यान्ड्सलाई सस्तैमा रोक्ने क्रममा सोमपाल कामीले ९ ओभर १ बल बलिङ गर्दै ४८ रन खर्चिएर २ विकेट लिए। यस्तै करन केसीले १० ओभरमा ३५ रन खर्चिएर २ विकेट, ललित राजवंशीले ७ ओभरमा ३० रन खर्चिएर २ विकेट, सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चिएर २ विकेट लिए।  

नेदरल्यान्ड्सका तर्फबाट नोह क्रोजले ४८ रन, कप्तान स्कट एडवार्ड्सले ४६ रन, विक्रमजीत सिंहले ३८ रन, ज्याच लाइन क्याचेटले २७ रन र भान डर मेर्वेले २१ रन जोडे।  

अब नेपाली ब्याटरले राम्रो प्रदर्शन गरे २२६ रनको लक्ष्य धेरै ठुलो हुनेछैन। अहिलेको एकदिवसीय क्रिकेटमा यो सानो स्कोर मानिन्छ।  

यो खेलमा पनि जित निकाले नेपालका लागि जारी सिरिजमा लगातार दोस्रो जित हुनेछ।  

यसअघि सिरिजको पहिलो खेल नेपालले आयोजक स्कटल्यान्डसँग खेलेको थियो। जसमा करन केसीको साहसिक प्रदर्शनका बलमा नेपालले एक विकेटको सनसनीपूर्ण जित निकालेको थियो।  

प्रकाशित: २१ जेष्ठ २०८२ १९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App