बर्लिन (एएफपी) – युवा खेलाडी निक्लस डोर्चले डेब्यू खेलमा नै गोल गरेको दिन शनिबार दोस्रो रोजाईका खेलाडीलाई अवसर दिएको बार्यन म्यूनिखले बुन्डेसलिगमा इन्ट्राक्ट फ्रान्कफर्ट विरुद्ध ४–१ को जित हात पार्दा कोलोग्ने फेरिवर्गसँग ३–२ ले पराजित भएपछि रेलिगेशनमा पर्ने पक्का भएको छ।
मंगलबार च्याम्पियन्स लिग अन्र्तग स्पेनिस टिम रियल मड्रिडसँग सेमिफाइनलको दोस्रो लेगका लागि मुख्य खेलाडीलाई आरामा दिँदै नयाँ खेलाडीलाई अवसर दिएको खेलमा बार्यनले सहज जित निकाल्दै उपाधि यात्रालाई थप मजबुत बनाएको हो। पहिलो रोजाइका खेलाडीलाई आराम दिँदा बार्यनले युवा खेलाडी डोर्च सँगै मेरिटान शहवानी र फ्रान्क इभिनालाई पहिलो पटक मैदान उत्रारेको थियो।
डोर्चले पहिलो हाफमा स्यान्ड्रो वाग्नरको पासमा गोल गर्दा दोस्रो हाफको ७६ औं मिनेटमा स्यान्ड्रो वाग्नरले सेवास्टीयन रुडीको पासमा टोलीको अग्रतालाई दोब्बर बनाएका थिए। त्यसको दुई मिनेट पछि नै फ्रान्फर्टका लागि सेबास्टीयन हलरले गोल गर्दै अग्रतालाई कम बनाएका थिए। विजयी बार्यनले अव फेरी अर्को महिना फ्रान्कफर्ट र कोभाकसँग बर्लिनमा जर्मनकपको फाइनलमा भिड्ने छ।
‘सहज तरिकाले खेलेका थियौं, च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा मा रियल मड्रिडसँगका कमीकमजोरीलाई मेटाउने प्रयास गरेका थियौं’ बार्यन प्रशिक्षक जुप हेइनेक्सको भनाई।
शनिबारै फेरिवर्गले कोलोग्नेलेलाई ३–२ ले पराजित गर्दा निल्स पिटरसेनले पहिलो र दोस्रो हाफमा १/१ गोल गर्दै सहज जित दिलाएका थिए। पराजित कोलोग्ने रेलिगेशनमा पर्ने पक्का भएको थियो।
‘होइलरको गोल यो सिजनको निकै सुन्दर गोल थियो’ कोलोग्न गोलरकिप्पर टिम होर्नले भने, ‘हाम्रो सोचाई पूरै खाली भएको छ।
यस्तै, शनिबार राति भएका अन्य खेलमा ह्यावर्ग एसभीले उल्फस्वर्गलाई ३–१ ले पराजित गर्दा शाल्के र बोरुसिया मोन्चेनग्लाडबाचले १–१ तथा हार्थाबर्लिन र औसवर्गले समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडे।
शनिबारको खेल पछि बार्यन म्यूनिख ८१ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ भने शाल्के ५७ अंकका साथ दोस्रो, बोरुसिया डर्टमन्ड ५४ अंकका साथ तेस्रो र होफियनहम ५२ अंकका चौथो स्थानमा छ।
प्रकाशित: १७ वैशाख २०७५ ०३:३० सोमबार