तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो ।
बैजनाथपुर क्रिकेट मैदानमा बागमतीले दिएको ८१ रनको लक्ष्य एपीएफले ९.४ ओभरमा २ विकेट गुमाएर भेटायो। उसको जितमा दीपक बोहराले नटआउट ४८ रन बनाए। कप्तान सुमित महर्जनले अविजित १८ रन बनाए ।
बागमतीका लागि अशिम श्रेष्ठले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमती प्रदेशले १९.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो । कप्तान रित गौतमले सर्वाधिक ३१ रन बनाएपनि अन्यले उल्लेख्य प्रदर्शन गर्न नसक्दा बागमती सस्तैमा अलआउट हुन पुगेको हो ।
एपीएफका लागि प्रकाश जैसीले सर्वाधिक ४ विकेट लिए । अभिशेश गौतमले ३, भोजराज भट्टले २ र दिवान पुनले १ विकेट लिए।
आफ्नो पहिलो खेलमा शनिबार एपीएफ आर्मीसंग २ विकेटले पराजित भएको थियो।
प्रतियोगितामा ६ टिम सहभागी छन् । विजेताले रु. ४ लाख र उपविजेताले रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ।
प्रकाशित: १४ वैशाख २०८२ १४:५० आइतबार


-600x400.jpg)


