१७ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

चारदेशीय टी-२० श्रृङ्खला : अपराजित नेपालले फाइनलका लागि हङकङसँग खेल्ने

शनिबार (आज) नेपालले चारदेशीय टी–२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ। हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ। 

अपराजित नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो। 

नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। हङकङ र कुवेतको २–२ अंक छ, कतार अंकविहीन छ। शीर्ष टोली फाइनलमा पुग्नेछ, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन्। 

प्रकाशित: ३० चैत्र २०८१ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App