१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:५७ अपराह्न
खेल

चितवनमा चैत २ देखि राष्ट्रिय महिला फुटबल हुने

चितवनमा चैत २ गतेदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो।

भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी हुने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

प्रतियोगितामा एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चितवन, मकवानपुर, रौतहट, बागमती र सङ्कटा क्लब सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा चितवन र मकवानपुर भिड्नेछन्। खेल दिउँसो २ बजे हुने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालन गर्न ३३ लाख ५४ हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको उद्घाटनमा प्रवेश निःशुल्क गरिएको छ। यस्तै पहिलो चरणमा ५०, सेमिफाइनलमा एक सय तथा फाइनलका लागि दुई सयको टिकटको व्यवस्था गरिएको संघका अध्यक्ष कार्कीले बताए।

प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ। २०७८ सालमा राष्ट्रिय महिला लिगको आयोजना भएको थियो। त्यस यता यहाँ कार्यक्रम हुन सकेका थिएन।

राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा यस प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा आयोजकको छ। 

प्रकाशित: २९ फाल्गुन २०८१ १९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App