३ माघ २०८२ शनिबार
image/svg+xml
खेल

फागुन २४ देखी पाँचथर गोल्डकप, एनथम र सहभागी टिम सार्वजानिक

फागुन २४ गतेदेखि सुरु हुन लागेको पाँचथर गोल्डकपको ५ औं संस्करणका लागि तयारी तिब्र पारिएको छ । पाँचथर क्लवले चैत्र ५ सम्म आयोजना गर्ने प्रतियोगिता अन्तरगत एन्थम र सहभागी टिम सार्वजानिक गरिएको हो ।

प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । ए डिभिजनका ४ टिम र छिमेकी राष्ट्र भारतको १ टिम सहभागी हुने क्लवका उपाध्यक्ष योगराज सेढाईले जानकारी दिए ।  

मछिन्द्र फुटबल क्लब (काठमाडौं), चर्च ब्वाइज फुटबल क्लब (काठमाडौं), हिमालयन शेर्पा क्लब (काठमाडौं), नेपाल पुलिस क्लब (काठमाडौं), नमोबुद्ध युवा क्लब (सप्तरी), पथरी–११ फुटबल क्लब (मोरङ), भारतको हिल्स फुटबल एकेडेमी (दार्जिलिङ) तथा आयोजक पाँचथर क्लबले प्रतियोगितामा भाग लिने छन ।

क्लवले दिएको जानकारी अनुसार गायक पदम राई, विकास लिम्बू, डीपी खनाल, डेबिट संखर, दिप्शन आङ्बो, सुर्य आङ्देम्बे, अशोक मुकारुङ, मदन सेन्चुरी, सगुन लावती, मुना ठटाल, अमृता लिम्बू, र सम्झना योङ्हाङले स्वर दिएको गीतको शब्द डीपी खनालले लेखेका हुन् । देबेस राईले संगित दिएको गीतमा जिल्ला भरका धार्मिक तथा पर्यटकीय स्थलको चर्चा समेटिएको छ।

पाँचथर गोल्डकपलाई हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भनिएको छ। विजेता टिमले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछ।

प्रकाशित: १४ फाल्गुन २०८१ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App