१२ पुस २०८२ शनिबार
image/svg+xml
खेल

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुगेको छ। सोमबार राति भएको खेलमा रोयो भलकानोविरुद्ध जित निकालेसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो।

बार्सिलोनाका लागि रोर्बट लेवान्डोस्कीले गोल गरेका थिए। उनले खेलको २८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको हो ।

समान २४/२४ खेलबाट रियल मड्रिड र बार्सिलोना दुवैले ५१/५१ अंक बनाएका छन्।

लिगमा बार्सिलोनाले १६ खेल जितेको छ भने ३ खेल बराबर र ५ खेलमा पराजय व्यहोरेको छ। उता १५ खेल जितेको रियलले ६ खेल बराबरीमा चित्त बुझाउँदा ३ खेलमा पराजय व्यहोरेको छ।

लिगमा अब १४ खेल खेल्न बाँकी छ।

प्रकाशित: ६ फाल्गुन २०८१ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App