७ फाल्गुन २०८१ बुधबार
image/svg+xml १९:५३ अपराह्न
खेल

अन्तर्राष्ट्रिय टी-२० मा मनिषा र अनिशाको डेब्यु

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० मा नेपालबाट दुई खेलाडीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।

कीर्तिपुरमा बिहीबार सुरु त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रदै अलिशाकुमारी यादव र मनिषाकुमारी उपाध्यायले अन्तर्राष्ट्रिय खेलमा पाइला राखेका हुन् । अलिशा विकेटकिपर र मनिषा स्पिनर हुन् ।

दुवैले यू-१९ टिमबाट सिनियर टिममा स्थान बनाएका हुन् । मलेसियामा सम्पन्न आइसिसी यू–१९ ट्वान्टी–२० विश्वकपमा उनीहरुले नेपालको प्रतिनिधित्व गरेका थिए ।

अलिशा र मनिषा दुवैलाई कप्तान इन्दु बर्माले डेब्यु क्याप हस्तान्तरण गरेकी थिइन् ।

प्रकाशित: १७ माघ २०८१ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App