७ फाल्गुन २०८१ बुधबार
image/svg+xml १५:५४ अपराह्न
खेल

नेदरल्याण्ड्सविरुद्ध बलिङमा नेपाल

नेदरल्याण्ड्सविरुद्ध बलिङमा नेपाल नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले महिला त्रिकोणात्मक श्रङ्खलाको उद्घाटन खेलमा टस जितेर नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल जारी छ। 

यस श्रङ्खलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी छन्। जसमा यो नेपाल र नेदरल्याण्ड्स बीच महिला क्रिकेटमा पहिलो प्रतिस्पर्धा हो, दुवै टोली यस प्रतिस्पर्धाबाट उत्साहित देखिएका छन्। 

महिला टी २० वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३औं र नेदरल्याण्ड्स १६औं स्थानमा रहेका छन्। श्रृंखलामा सबै टोलीले एकअर्कासँग समान ३ खेल खेल्नेछन्।

नेपालको खेल तालिका माघ २० मा नेदरल्याण्ड्ससँग, माघ २२ मा थाइल्याण्डसँग, माघ २३ मा नेदरल्याण्ड्ससँग र माघ २५ मा थाइल्याण्डसँग रहेकाे छ। फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ। नेपाली टोली इन्दु बर्माको कप्तानीमा मैदानमा उत्रेको छ।

प्रकाशित: १७ माघ २०८१ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App