२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २२:१ अपराह्न
खेल

अस्ट्रेलियन ओपन : उपाधिका लागि सिनर र भेरेभबीच प्रतिस्पर्धा, चोट बल्झिएपछि जोकोभिचले खेल छाडे

वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनमा पुरुष एकलतर्फको उपाधिका लागि शीर्ष दुई खेलाडी इटलीका जानिक सिनर र जर्मनीका अलेक्जेन्डर भेरेभबीच प्रतिस्पर्धा हुने भएको छ।  

अमेरिकाका बेन सेल्टनलाई सोझो सेटमा पराजित गर्दै शीर्ष वरीयाताका सिनरले वर्षको पहिलो ग्रान्डस्लामको फाइनलमा स्थान बनाएका हुन्। २ घण्टा ३६ मिनेटसम्म चलेको खेलमा डिफेन्डिङ च्याम्पियन सिनरले पहिलो सेट ७-६, दोस्रो ६-२ र तेस्रो ६-२ ले जितेका थिए।  

अर्को खेलमा सातौं वरीयाताका नोभाक जोकोभिचले बीचमै खेल छाडेपछि दोस्रो वरीयाताका भेरेभले फाइनलमा स्थान पक्का गरे। ८० मिनेटसम्म चलेको पहिलो सेट ७-६ (७-५) ले गुमाएपछि सर्बियन जोकोभिचको चोट बल्झिएको थियो। स्पेनका कार्लोस अल्काराजसँगको क्वार्टरफाइनलमा उनको बायाँ खुट्टाको मांसपेसी च्यातिएको थियो। पहिलो सेटको अन्त्यमा दुखाई बल्झिएपछि ग्रान्डस्लाम उपाधिको कीर्तिमान नजिक रहेका ३७ वर्षे जोकोभिचले बीचमै खेल छाडेका थिए। खेल छाडेपछि जोकोभिचले चोटका कारण खेल छाड्नु बाध्य हुँदा अन्त्यन्तै दुःख लागेको बताए।  

महिला एकलतर्फको उपाधिका लागि बेलारुसकी एरिना सबलेन्का र अमेरिकाकी मेडिसन केइजबीच शनिबार प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ११ माघ २०८१ १९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App