२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २२:६ अपराह्न
खेल

यु १९ महिला विश्वकप : मलेसियाविरुद्ध नेपालको सान्त्वना जित

यु १९ महिला विश्वकपमा मलेसियाविरुद्ध नेपालले जित हात पारेको छ। नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको हो।

टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो। कप्तान पुजा महतोले ४ विकेट लिएपछि मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भएको थियो। ४६ रनको झिनो लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो।

यो जितसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ। नेपालले यसअघि ३ खेलमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग पराजय व्यहोरेको थियो।

प्रकाशित: ११ माघ २०८१ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App