२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

रुसमा हुने ग्लोबल फुटबलमा पहिलाेपटक दुई नेपाली

काठमाडौं – गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

फुटबल फर फ्रेन्डशिप ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यमा साथ संचालित कार्यक्रम हो। यस कार्यक्रममा विश्वभरका बालबालिकाबीच एक अर्काको संस्कृती आदान–प्रदान हुनेछ। २ सय १० देशको सहभागिता रहने कार्यक्रममा नेपालले भाग लिन लागेको यो पहिलो पटक हो।

यही जुनमा मस्कोमा हुने कार्यक्रममा गिरिशले यूवा फुटबलरका रुपमा भाग लिनेछन्। जहाँ ३२ टोलीबीच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत मैत्रपूर्ण खेल हुनेछन्। अनमेश रायमाझी यूवा पत्रकारको भुमिकामा हुनेछन्। उनले एफफरएफ कार्यक्रमअन्तर्गत हुने सम्पूर्ण गतिविधिको रिपोर्टिङ गर्नेछन्। १२ वर्षिय गिरिश र अनमेशले रुसमै हुने ‘फुटबल फर फ्रेन्डशिप अन्तर्राष्ट्रिय बालबालिका फोरम’ को छैटौं संकरणमा पनि भाग लिनेछन्। एफफरएफ कार्यक्रमको छैटौं संस्करणका सहभागिले विश्वकपको उद्घाटन कार्यक्रम र खेल हेर्न पाउनेछन्।

प्रकाशित: ३ वैशाख २०७५ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App