जय ट्रफी पुरुष एलिट कप क्रिकेटमा बागमती प्रदेशले नेपाल पुलिस क्लबसामु ११६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
पहिलो इनिङ्समा ११२ रनमा समेटिएको बागमती दोस्रोमा २१८ रनमा अलआउट भएपछि पुलिसले उक्त लक्ष्य पाएको हो । पुलिसले भने पहिलो इनिङ्समा २१५ रन बनाएको थियो ।
जनकपुरमा जारी खेलमा बागमतीका लागि शुभ कंशाकारले ७० र रित गौतमले ५२ रन बनाए । अन्यको प्रदर्शन सम्झनलायक रहेन । रित र शुभले दोस्रो विकेटका लागि १०९ रनको साझेदारी गरेपछि बागमती सम्मानजनक योगफल तषर पार्न सफल भयो ।
पुलिसका लागि ललित राजवंशीले ३ र श्रवण थादवले २ विकेट लिए । गुल्शन झा, रसिद खान, क्याप्टेन कुशल भुर्तेल र प्रेम तामाङको नाममा समान एक विकेट रह्यो ।
पहिलो खेलमा त्रिभुवन आर्मीसँग अंक बाँडेको पुलिसले दोस्रो खेलमा भने मधेश प्रदेशलाई इनिङ्स र ३५ रनले पराजित गरेको थियो । बागमतीविरुद्ध समेत जित निकाल्न सके पुलिसले फाइनल खेल्नेछ । बागमती भने यसअघिका दुवै खेलमा बराबरीमा रोकिएको थियो ।
प्रकाशित: २८ पुस २०८१ १३:१७ आइतबार