१७ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमविरुद्ध जनकपुर ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम रोएल्सविरुद्ध जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको छ ।   

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । नियमित क्याप्टेन अनिल साह घाइते भएपछि जनकपुरको नेतृत्व सुदूरपश्चिमविरुद्ध आसिफ शेखले गरेका छन् ।  सुदूरले भने कुनै परिवर्तन गरेको छैन । 

पहिलो क्वालिफायरको विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा छनोट भएको हो । 

यो पनि पढ्नुहोस्

एनपीएल : चितवनलाई पराजित गर्दै कर्णाली क्वालिफायरमा

प्रकाशित: ३ पुस २०८१ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App