काठमाडौं – एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुंवर दक्षिण एसियाली फुटबल महासंघ (साफ) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।
बंगलादेशमा सम्पन्न साफको साधारणसभामा नेपालको प्रतिनिधित्व गरेका कुंवरसहित श्रीलंकन फुटबल फेडेरेसनका अध्यक्ष अनुरा डी सिल्भा र पाकिस्तानका सइद खाजिम अलि पनि उपाध्यक्ष पदमा निर्विरोध भएको एन्फा प्रवक्ता सञ्जीव मिश्रले जानकारी दिएका छन्। बैठकबाट बंगलादेशका काजी सलाउद्दिन निर्विरोध अध्यक्ष भए भने कोषाध्यक्षमा भुटानका युगेन वान्चुक चयन भए। साधारण सभाले साफअन्तर्गत ५ प्रतियोगिताको क्यालेन्डर सार्वजनिक गरेको छ।
एन्फाको प्रतिनिधित्व गर्दै सहभागी भएका कुँवर अखिल नेपाल फुटबल संघको अध्यक्ष पदका उम्मेदवार हुन्।
प्रकाशित: २९ चैत्र २०७४ ०५:३४ बिहीबार