दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोधुली फुटबल क्लब धरानले जितेको छ।
फाइनल खेलमा रेड डेभिल्स फुटबल क्लब इलामलाई ४–१ ले पराजित गर्दै गोधुलीले उपाधि आफ्नो कब्जामा लिएको हो।
गोधुलीका लागि पहिलो हाफमा कार्लोसले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा शिशिर लेखी, सञ्जय श्रेष्ठ, र दोर्जे तामाङले थप तीन गोल गरे।
रेड डेभिल्सका लागि खेलको अन्त्यतिर सुगम खजुमले पेनाल्टीमार्फत सान्त्वना गोल गरेका थिए। प्रतियोगितामा विजेता बनेको गोधुली फुटबल क्लबले नगद तीन लाख दुई हजार ८१ रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
उपविजेता रेड डेभिल्सले एक लाख ५१ हजार ८१ रुपैयाँमा चित्त बुझायो।
प्रकाशित: २२ मंसिर २०८१ १८:०६ शनिबार