२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
खेल

इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा

शनिबारदेखि सुरु हुने छैटौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

रियाल मड्रिडको आधिकारिक फ्यान क्लब रियाल मड्रिड फ्यान क्लब नेपाल (काठमाडौं विङ्स) को आयोजनामा इन्ट्रा म्याड्रिस्टा फुटसल हुन लागेको हो।

उक्त प्रतियोगिता बल्खुस्थित भिजननोभा फुटसलमा हुँदै छ। प्रतियोगितामा रियाल मड्रिड फ्यान क्लब नेपालका आठवटा विङ्सले प्रतिस्पर्धा गर्दै छन्।

पुरुषमा काठमाडौं ‘ए’, काठमाडौं ‘बी’, पोखरा, चितवन, हेटौंडा, नुवाकोट, बुटवल र कोसीले चुनौती प्रस्तुत गर्दै छन्।

महिलामा दुई टोलीको मात्र सहभागिता रहने भएको छ। पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ र समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन्।

महिलामा काठमाडौंका दुई टोली मात्रै सहभागी छन्। अन्य विङ्सबाट महिला टोलीको सहभागिता नहुँदा यी दुई टोलीले तीन खेल खेल्ने भएका हुन्।

जुम्लाले भने प्रदर्शनी खेल खेल्न लागेको हो। शुक्रबार एक कार्यक्रमबीच प्रतियोगिताको खेल तालिका सार्वजनिक र ट्रफी अनावरण गरिएको थियो।

आयोजक काठमाडौं विङ्सका प्रमुख सुमित खनालले प्रतियोगिताले नेपाली म्याड्रिस्टाबीचको सहकार्य र फुटबलको माया झन् प्रगाढ बनाउने  विश्वास व्यक्त गरे।

प्रकाशित: २१ मंसिर २०८१ २२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App