१२ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

तोरणविक्रमको अग्रता कायमै

प्रोफेसनल गल्फर तोरणविक्रम शाहीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फमा दोस्रो दिन मंगलबार पनि अग्रता कायमै राखेका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा भएको खेलमा तोरणविक्रमले सुनील केसीमाथि तीन स्ट्रोकको अग्रता लिँदै शीर्ष स्थान कायमै राखेका हुन्। यो सूर्य नेपाल गल्फ टुर २०२४/२५ को पहिलो प्रतिस्पर्धा हो। जहाँ ३६ होलको खेल सकिँदा तोरणविक्रमले समग्रमा १० अन्डर  १३४ को स्कोर कार्ड बनाए। 

दोस्रो दिन उनले पाँच अन्डर ६७ को प्रदर्शन गरे। सुनीलले भने दोस्रो दिन तीन अन्डर ६९ मा खेल सकाए। उनी समग्रमा सात अन्डर १३७ को कार्डमा छन्। नेपाल नम्बर एक भुवन नगरकोटी दोस्रो दिन तेस्रो स्थानमा झरे। मंगलबार उनी दुई अन्डर ७० को कार्डमा रहे। समग्रमा भुवनले ६ अन्डर १३८ कार्ड बटुलेका छन्। एमेच्योर गल्फर राहुल विश्वकर्माले पनि प्रो। गल्फर पछ्याइरहेका छन्। 

मंगलबार तीन अन्डर ६९ स्कोर गर्दै राहुल समग्रमा पाँच अन्डर १३९ सहित चौथो स्थानमा उक्लिए। यो नतिजाले एमेच्योरमा राहुलले नै दबाब बनाएका छन्। नीरज तामाङले तीन अन्डर ६९ को प्रदर्शन गर्दै दोस्रो दिनको खेल सकाए। यो प्रदर्शनसँगै उनी समग्रमा तीन अन्डर १४१ सहित पाँचौ स्थानमा छन्। यस प्रतियोगितामा एमेच्योर युवा गल्फर सद्भाव आचार्य डिफेन्डिङ च्याम्पियन हुन्। उनी समग्रमा एक अन्डर १४३ सहित छैटौं स्थानमा उक्लिए।

एमेच्योरमा सद्भावले दोस्रो स्थान ओगटे। ३६ होल समाप्तिमा कुल २७ गल्फरले कट नियम पार गर्दै फाइनल चरण (बाँकी ३६ होल) को यात्रा तय गरे। १३ ओभर १३७ स्कोर गरेका  

२१ प्रोफेसनल र ६ एमेच्योर कट पार गर्न सफल भए। चार दिनसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन्। कट पार गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: १२ मंसिर २०८१ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App