१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तलाई गर्‍यो २७ करोड भारुमा अनुबन्ध

तस्बिर: एएफपी

सन् २०२५ को  इन्डियन प्रिमियर लिग (आईपीएल) लागि लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तलाई २७ करोड भारुमा अनुबन्ध गरेको छ।

जारी अक्सनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा (४३ करोड २० लाख नेपाली रुपैयाँमा) टोलीमा अनुबन्ध गरेको हो।

यो अनुबन्धपछि भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन्।

यसअघि दिल्ली क्यापिटल्समा रहेका ऋषभको न्यूनतम मूल्य २ करोड भारु रहेको थियो। यसैगरी श्रेयस अय्यरलाई पन्जाब किंग्समा २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो।

गत वर्षको आइपिएलमा कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए।

अहिलेसम्म बिकेका खेलाडीहरु : (नगद भारुमा)

ऋषभ पन्त – २७ करोड – लखनउ

श्रेयस ऐर – २६.७५ करोड – पन्जाब

अर्षदिप सिंह – १८ करोड – पन्जाब

युजभेन्द्र चहल – १८ करोड – पन्जाब

जस बटलर – १५.७५ करोड – गुजरात

केएल राहुल – १४ करोड – दिल्ली

मोहमद सिराज – १२.२५ करोड – गुजरात

मिचेल स्टार्क – ११.७५ करोड – दिल्ली

कागीसो रबाडा – १०.७५ करोड – गुजरात

मोहमद शामी – १० करोड – हैदरावाद

लियाम लिभिंगस्टोन – ८.७५ करोड – बेंगलोर

डेविड मिलर – ७.५ करोड – लखनउ

प्रकाशित: ९ मंसिर २०८१ १८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App