२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

पदकविजेता बडिबिल्डर सम्मानित

१५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले शनिबार उक्त च्याम्पियनसिपमा पदकविजेता चार नेपाली खेलाडीलाई सम्मान गरेको हो। माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म सम्पन्न च्याम्पियनसिप नेपालले चार रजत पदक जितेको थियो। रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विम सुटमा रजत जितेका थिए।

कुलेश्वरमा आयोजित एक कार्यक्रममा काठमाडौं जिल्ला शारीरिक सुगठनकै कोषाध्यक्ष भएकाले रुजेशलाई ३१ हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरिएको थियो। अन्य पदकविजेता र सहभागी खेलाडी ललित धिमाल र रन्जित आचार्य प्रशंसापत्रबाट सम्मानित भए।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, सचिव दिनेश राजभण्डारी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान र काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीलगायतले उनीहरूलाई सम्मान गरे।

प्रकाशित: २ मंसिर २०८१ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App