२ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

चीनलाई पराजित गदैं भारत महिला एसियन च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

चीनलाई पराजित गर्दै भारत महिला एसियन हक्की च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुगेको छ। शनिबार बिहारको राजगीरमा भएको महिला एसियन च्याम्पियन्स ट्रफीको खेलमा भारतीय महिला हक्की टोलीले चीनलाई ३–० ले हराएको हो। भारतका लागि संगीता कुमारीले पहिलो गोल ३२औँ मिनेटमा गरिन्। 

दोस्रो गोल कप्तान सलिमा टेटेले खेलको ३७औँ मिनेटमा गरेकी थिइन्। चीनविरुद्ध अन्तिम गोल दीपिकाले ६०औँ मिनेटमा गरिन्। च्याम्पियन्स ट्रफीमा भारतीय महिला हक्की टोलीको यो लगातार चौथो जित हो।

यसअघि भारतले थाइल्याण्ड, मलेसिया र दक्षिण कोरियालाई पराजित गरिसकेको थियो। अब भारतीय टोलीले आफ्नो अर्को खेल आइतबार (आज) जापानसँग खेल्नेछ।

प्रकाशित: २ मंसिर २०८१ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App