२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय फुटबल टोलीकी सदस्य अमिषालाई गृहजिल्लामा सम्मान

कार्कीलाई सम्मान गर्दै त्रियुगा नगरपालिकाका मेयर बस्नेत र उपमेयर राई । तस्विरः महेश्वर राई/नागरिक

महिला राष्ट्रिय फुटबल खेलाडी अमिषा कार्कीलाई उदयपुरको त्रियुगा नगरपालिकाले नगदसहित सम्मान गरेको छ । नगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी खेलाडी कार्कीलाई सम्मान गरेको हो ।  

भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा नेपालको तर्फबाट उत्कृष्ट खेल प्रस्तुत गरेकी कार्कीलाई नगरपालिकाले ५० हजार नगद र सम्मानपत्र प्रदान गरेको हो । राष्ट्रिय पुटबल टिमकी सदस्यसमेत रहेकी कार्कीलाई नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्तरुपमा नगद राशी पुरस्कारसँगै अलगअलग सम्मानपत्र प्रदान गरे ।  

फुटबल खेलमार्फत राष्ट्रलाई विश्वसामु र सार्क राष्ट्रबीच चिनाउदै उदयपुर र त्रियुगा नगरपालिकाको इज्जत र गौरव बढाएको भन्दै कार्कीलाई सम्मान गरेको मेयर बस्नेतले बताए । उपमेयर राईले पछिल्लो समय महिलाहरु खेलकुददेखि हरेक क्षेत्रमा अघि बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै लैङ्गिक समानताका लागि सबै महिलाले पुरुषभन्दा कम छैन भन्ने मनोबलका साथ अघि बढ्नुपर्ने बताएकी थिईन् ।  

साफ महिला च्याम्पियनसिपमा अमिषाले बंगलादेशविरुद्ध फाईनलमा १ सहित ४ गोल गरेकी थिईन् ।  

बाउ–आमाका साथ सम्मान थाप्न आएकी अमिषाले साफमा उपविजेतामा सीमित हुनुपर्दा  खेलाडीहरुलाई नराम्रो लाग्नु स्वभाविक भएको तर, त्यसमाथि दर्शकले गालीको वर्षा गरिरहँदा आफ्नो नगरपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गरिन् । ‘फुटबल मेरो रुचीको खेल होे र सफल पनि हुँदै आएको छु’ साफ गेमकी मिडफिल्डर कार्कीले भनिन् ‘यसमा तपाईँहरुको साथ सहयोगले अझ उत्साहित छु । आगामी दिनमा अरु सफल हुन ध्यान केन्द्रित गर्दै अघि बढ्नेछु ।’

नगरपालिकामा सम्मान गरेपछि पञ्चे बाजा बजाउँदै खेलाडी कार्कीलाई रास्ट्रिय झण्डा ओढाएर गाईघाट बजार परिक्रमा गराइएको थियो ।  

प्रकाशित: २९ कार्तिक २०८१ १९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App