१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले अस्ट्रेलियालाई हरायो, जोराको अर्धसतक

हङकङ सिक्सेजमा नेपालले अस्ट्रेलियामाथि शानदार जित हासिल गरेको छ।  मोङ कोकमा जारी खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। ११२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै ५ विकेट गुमाएर मात्र १०० रन मात्र बनायन सक्यो।

अस्ट्रेलियाका लागि ज्याक वुडले ५५ रन र एलेक्स रसले १४ रन बनाए। नेपालका लागि प्रतिश जिसीले ३ तथा लोकेश बम र विवेक यादवले १ १ विकेट लिए।

नेपालका लागि प्रतिशले पहिलो ओभरमा नै विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले  २ विकेटकोे क्षतिमा १११ रन बनायो। 

 सन्दीपले अर्धशतक प्रहार गरे। उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए। लोकेश बमले १३ बलमा ३३ रन बनाए। पहिलो खेलमा नेपालले इ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।

यो जीतसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित: १७ कार्तिक २०८१ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App