२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पाकिस्तानलाई हराउँदै न्यूजिल्यान्ड महिला टी–२० विश्वकपको सेमिफाइनलमा

न्यूजिल्यान्ड आईसिसी महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

गयराति भएको खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजिल्यान्ड आईसीसी महिला टी–२० विश्व कपको सेमिफाइनलमा पुगेको हो।

टस जितेर पहिला ब्याटिङ्ग गर्दै न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११० रन बनायो। १११ रनको लक्ष्यसहित मैदान उत्रेको पाकिस्तान ११.४ ओभरमा अलआउट हुँदै जम्मा ५६ रन मात्रै बनाउन सक्यो।

न्यूजिल्यान्डका जितका लागि सूजी ब्याट्सले सर्वाधिक २८ रन जोडिन्। त्यस्तै ब्रुक ब्यालिडेले २२ रन बनाउँदा जर्जिया प्लिमरले १७ रन बनाइन्।

पाकिस्तानका लागि फातिमा सनाले २१ र मुनीबा अलीले १५ बनाइन्।

जितसँगै समूह ‘ए’ बाट अस्ट्रेलिया र न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् भने भारत, पाकिस्तान र श्रीलङ्का समूह चरणबाटै बाहिरिएका छन्।

प्रकाशित: २९ आश्विन २०८१ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App