२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

महिला टी- २० विश्वकप : पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

आईसीसी महिला टी-२० विश्वकप क्रिकेटमा सोमबार पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे दुबईमा सुरु हुनेछ ।  

पाकिस्तानलाई हराउन सके न्युजिल्यान्ड ६ अंकमा समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइलनमा पुग्नेछ । हारले भने भारत र पाकिस्तानमध्ये एकको भाग्य चम्कनेछ । फराकिलो अन्तरमा विजयी भए पाकिस्तान रनरेटका आधारमा सेमिफाइनमा पुग्नेछ भने साँधुरो हारले भारतले अघिल्लो चरणमा स्थान बनाउनेछ । भारत र न्युजिल्यान्डको समान ४-४ र पाकिस्तानको २ अंक छ । श्रीलंकाले अंकविहीन हुँदै प्रतियोगिता सकेको छ ।

समूह बीमा भने इंल्यान्ड, साउथ अफ्रिका र वेस्ट इन्डिजको सेमिफाइन पुग्ने सम्भावना कायम छ । मंगलबार हुने लिग चरणको अन्तिम खेलमा इंल्यान्डले वेस्ट इन्डिजलाई हराए इंल्यान्डसँगै साउथ अफ्रिकाले सेमिफाइनलमा स्थान बनाउनेछन् ।  

जितले भने वेस्ट इन्डिजसँगै रनरेटका आधामा इंल्यान्ड र साउथ अफ्रिकाबीच एक टिमले अन्तिम चारको टिकट काट्नेछ ।  

तीन खेलबाट इंल्यान्डको र चार खेलबाट साउथ अफ्रिकाको समान ६-६ तथा तीन खेलबाट वेस्ट इन्डिजको ४ अंक छ । यो समूहबाट बंगलादेश २ अंक र स्कटल्यान्ड अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।  

प्रकाशित: २८ आश्विन २०८१ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App