२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षकमा जयवर्धने

मुम्बई इन्डियन्सले आफ्नो मुख्य प्रशिक्षकको जिम्मेवारी श्रीलङ्काका पूर्व खेलाडी महेला जयवर्धनेलाई दिएको छ।

इन्डियन प्रीमियर लीग (आईपीएल) को फ्रेन्चाइजी टीम मुम्बईले आइतवार आफ्नो मुख्य प्रशिक्षकमा जयवर्धनेलाई फेरि नियुक्त गरेको घोषणा गरेको हो। उनी सन् २०१७ देखि २०२२ सम्म मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक थिए।

मुम्बई इन्डियन्सले जयवर्धनेलाई फेरि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको भन्दै उनको ज्ञान र अनुभवले आगामी सिजनमा टीमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको बताएको छ।

महेलाको प्रशिक्षणमा मुम्बई इन्डियन्सले २ पटक आईपीएलको उपाधि जितेको थियो।

प्रकाशित: २७ आश्विन २०८१ २१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App