२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

भेट्रान्स फुटबल कात्तिक पहिलो साता

दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता कात्तिक पहिलो सातादेखि आयोजना हुने भएको छ। फुटबलर्स मिसन टुगेदरको आयोजनामा अवकाश लिएर बसिरहेका ४० वर्ष नाघेका अन्तर्राष्ट्रिय पूर्वखेलाडीलाई समेटेर प्रतियोगिता गर्न लागेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रतियोगिता कात्तिक ३ गतेदेखि मध्यपुर फुटबल खेलमैदानमा हुने महासचिव धीरेन्द्र प्रधानले जानकारी दिए। प्रतियोगिताका खेलहरू नकआउट प्रणालीमा हुनेछन्।

प्रतियोगितामा २१ टोली सहभागी हुनेछन्। जसमध्ये नौ टोली काठमाडौं उपत्यकाबाहिरका रहने प्रधानले जानकारी दिए। गण्डकी प्रदेश एफसी, विजय युथ फुटबल क्लब, हाम्रो धरान भेट्रान्र्स, चितवन एफसी, सयुक्ता अनुभवी क्लब, फाप्ला स्पोर्ट्स क्लब, वीरगन्ज युथ एकेडमी, पोखरा भाइ खलक र धरान सिटी एफसीले पनि सहभागिता जनाउनेछन्।

यस्तै, काठमाडौं उपत्यकाका हिमालयन शेर्पा भेट्रान्स, श्री कुमारी क्लब, फ्रिडम फाइटर्स, बानेश्वर फ्रेन्डसिप, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी) , सानो गौचरण, ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिल, सरस्वती नगर, महावीर क्लब, विइआर ब्रदर्स र किङ कम स्पोर्ट्स क्लब सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले पाँच लाख रूपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको महासचिव प्रधानले जानकारी दिए।

प्रकाशित: २२ आश्विन २०८१ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App