२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग: उपाधिका लागि कर्णाली र ललितपुरबीच खेल हुने

एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यसभिएस र ललितपुर क्विन्सबीच खेल हुँदैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार साँझ ५:३० बजे देखि यी दुईबीच खेल हुँदैछ।

यस अघि  शुक्रबार राति भएको खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा पराजित गरेसँगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो।

जितसँगै शीर्ष स्थानको कर्णालीले पाँच खेलबाट १३ अंक जोड्यो। ललितपुरले १० अंक जोड्दा काठमाडौं स्पाइकर्सको भने एक अंक कम रह्यो।

सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनल पुगेका हुन। 

प्रकाशित: १९ आश्विन २०८१ १६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App