१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

आईसीसी महिला टी–२० विश्वकप: भारत र न्यूजिल्यान्डबीच खेल हुँदै

आईसीसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भारत र न्यूजिल्यान्डबीच खेल हुँदैछ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने भारत र न्यूजिल्यान्डबीचको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

हरमनप्रित कौरको कप्तानीमा रहेको भारतले हालसम्म उपाधि उचाल्न सकेको छैन। २०२० मा भएको विश्वकपमा फाइनलमा पुगेर उपाधि उचाल्नबाट चुकेको भारत यसवर्ष भने उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ।

त्यस्तै सोफी डेविनको कप्तानीमा रहेको न्यूजिल्यान्ड पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।

आजै हुने अर्को खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। साविक उपविजेता समेत रहेको दक्षिण अफ्रिका लौरा वुलभाड्टको कप्तानीमा मैदान उत्रने छ भने एकपटकको विजेता रहेको वेस्ट इन्डिज हायली म्याथ्युको कप्तानीमा मैदान उत्रने छ।

प्रकाशित: १८ आश्विन २०८१ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App