१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषमा १४ र महिलामा ७ टोलीको सहभागिता रहने छ । आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह 'बी' मा बहराइन र उज्वेकिस्तान छन् । समूह 'ए' मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह 'सी' मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह 'डी' मा अफ्गानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं रहेका छन् ।  

महिलातर्फ ७ राष्ट्रलाई २ समूहमा बाँडिएको छ । समूह 'ए' मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह 'बी' मा भारत, इन्डोनेसिया र श्रीलंका छन् । सबै राष्ट्र नेपाल आइसकेको महासचिव घिमिरेले जानकारी दिए ।  

पहिलो दिन पुरुष-महिला दुवै नेपालले समूह चरणका सबै खेल खेल्ने छ । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।

रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भब्य बनाउन सबै मिडियाकर्मी र दर्शकलाई अनुरोध पनि गरेका छन् । उनले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिब ४ चार महिनाको तयारी गरेको बताउदै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको पहिलो दिन ३० तथा दोश्रो दिन २० गरी जम्मा ५० खेल हुने छन् । सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको

पहिलो पटक हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित: १७ आश्विन २०८१ १८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App