१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

विराटनगरद्वारा रुपन्देहीसामु १८२ रनको लक्ष्य प्रस्तुत, बाबरको अर्धशतक

कैलाली – धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्स सामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको विराटनगर किङ्सलले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो।

विराटनगरका लागि बाबर हयातले अर्धसतक बनाउने क्रममा सर्वाधिक ५४ रन बनाए। उनी टिमको स्कोर २ विकेटको क्षतिमा १४२ रन हुँदा ४ चौका र ४ छक्का प्रहार गरि क्याच आउट भए।  त्यस्तै दिलिप नाथ टिमको स्कोर १२४ हुँदा व्यक्तिगत ४३ रन जोडदै क्याच आउट भए। उनले ३७ बलमा ६ चौंका र १ छक्काको मद्दतमा ४३ रन प्रहार गरे।

पहिलो विकेटका रुपमा अनिल शाह २५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३६ रनमा क्याच आउट भए। कप्तान पारस खड्का पनि अन्तिम बलमा क्याच आउट हुनुपूर्व १२ बलमा २२ रन र सौरव खनालले ११ बलमा नटआउट १७ रनको योगदान दिए।

रुपन्देहीका लागि सुफ्यान मेहमुदले २ तथा सागर पुन र जितेन्द्र मुखियाले एक–एक विकेट लिए। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र रुपन्देही च्यालेन्जर्सकोे कप्तान शक्ति गौचन हुन्।

पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनगरको प्रतियोगितामा यो दोस्रो खेल हो। यता रुपन्देहीले भने यसअघि खेलेका दुवै खेलमा हार व्यहोरेको थियो। आजको खेलमा पनि रुपन्देही पराजित भएमा उसको प्लेअफमा पुग्ने सम्भावना न्यून हुनेछ।

रुपन्देही पहिलो खेलमा अत्तरीयासँग ९ विकेट र दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ६३ रनले पराजित भएको थियो। आजै हुने दोस्रो खेलमा दिउँसो १ः१५ मा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन्।

प्रकाशित: २१ चैत्र २०७४ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App