१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टिम चौराह धनगढीको दोस्रो जित,महेन्द्रनगर युनाइटेड ८ विकेटले पराजित

धनगढी – धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको मंगलबार (आज) को एक मात्र खेलमा टिम चौराह धनगढी विजयी भएको छ।

टिम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा काठमाडौंसँग पराजित भएको धनगढीले दोस्रो खेलमा भने सिवाईसी अत्तरियालाई पराजित गरेको थियो।

महेन्द्रनगर युनाइटेड दिएको १ सय ३२ रनको विजयी लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो। उसका लागि सुनिल धमलाले ४६ बलमा ३ चौका र २ छक्काको सहायतामा नटआउट ४५ रनको योगदान दिए। त्यस्तै रोहन मुस्तफाले ३९ र  अस्फाक अहमदले ३० रनको योगदान दिदा सोनु तामाङले पनि नटआउट १५ रन बनाए। महेन्द्रनगरका अभिनास कर्ण र पुनित मेहराले एक–एक विकेट लिए।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो।

महेन्द्रनगरका लागि पुनित मेहराले सर्वाधिक ४० रन बनाएका थिए। उनले ४० बलमा ४ चौंका र २ छक्काको मद्दतमा ४० रन प्रहार गरे। त्यस्तै भुवन कार्कीले ३२, पुनित बिष्टले २४ र बिनोद भण्डारीले १० रन बनाएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन।  महेन्द्रनगरलाई १३१ रनमा समेटन धनगढीका लागि ललित भण्डारीले ४, तथा सोमपाल कामी र सम्शेद शेखले एक–एक विकेट लिए।

महेन्द्रनगर युनाइटेडको कप्तानमा बिनोद भण्डारी र टिम चौराह धनगढीका कप्तान सोमपाल कामी हुन्। महेन्द्रनगर युनाइटेडले पहिलो खेलमा भने विराटनगर किङ्सलाई हराएको थियो।

प्रकाशित: २० चैत्र २०७४ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App