२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

भारत फाइनलमा,नेपालले दोस्रो सेमिफाइनलमा इरानसँग खेल्दै

श्रीलङ्कालाई सेमिफाइनलमा हराउँदै भारत नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा पुगेको छ। 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भारतले श्रीलङ्कामाथि सोझो सेटमा जित निकालेको हो । भारतले पहिलो दुई सेट २५-१५ र २५-१६ ले सहजै आफ्नो बनायो।तेस्रो सेटमा श्रीलङ्काले चुनौती दिँदै १२-९ ले अग्रता बनाएको थियो । तर, अग्रता जोगाउन नसक्दा श्रीलङ्का २५-२३ ले गुमाउन पुग्यो ।

अब श्रीलङ्काले तेस्रो स्थानका लागि बुधवार खेल्नेछ । आजै दोस्रो सेमिफाइनलमा नेपालले इरानविरूद्व साँझ ५ः१५ बजे खेल्दैछ । लिगमा भने नेपाल इरानसँग ३-२ ले पराजित भएको थियो । सेमिफाइलमा नेपालले इरानसँग हारको बदला लिने लक्ष्य लिएको छ। पराजित हुने टोली तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । फाइनल पनि बुधवार नै हुनेछ।

प्रकाशित: २२ श्रावण २०८१ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App