२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काभा महिला भलिबल नेसन्स लिग : इरानमाथि पाँचौ सेटमा नेपाल पराजित

काभा महिला भलिबल नेसन्स लिग अन्तरगत आइतबार भएको खेलमा  नेपाल इरानसंग पाँचौ सेटमा पराजित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भड हलमा सम्पन्न खेलमा नेपालले इरानसंग   ३ -२ को सेटबाट पराजित भएको हो । पहिलो सेट  १६-२५ ले इरानलाई सुम्पिएको नेपालले दोस्रो सेट भने २५-१६ ले आफ्नो पक्षमा पार्दै बराबरी गरेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट २३-२५ ले गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै चौथो सेट भने २५-१५ ले जितेको थियो। योसँगै ५ सेटको खेल २-२ को स्थितिमा पुग्यो । र अन्तिम सेटमा नेपाल  इरानसंग १५ - १३बाट पराजित हुन पुग्यो  ।

पराजितका बाबजुत पनि नेपाल सेमिफाइनलमा पुग्न सफल भएको छ । यस अघि शनिबार पनि नेपाली महिला टोलीले भारतलाई ३- २ को सेटमा हराएर इतिहास रचेको थियो । पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो। नेपालले अन्तिम खेल प्रतियोगिताबाट बाहिरी सकेको मालदिम्भसंग खेल्नेछ । 

इरानले चार खेलबाट ७ अंक बनाउँदा नेपालले तीन खेलबाट  ६ अंक बनाएको छ । भारतले  ७, श्रीलङ्काले ४ अंक पाउँदा माल्दिभ्स अंक बिहिन छ।आइतबार भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–२२,२५–१२ र २५–१२ लाई हरायो। माल्दिभ्सको हारसंगै  सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो । नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनल प्रतिद्वन्द्वी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबिच सेमिफाइनल हुनेछ । सोमबार लिग चरणको अन्तिम दुई खेल हुनेछ । जहाँ श्रीलङ्का र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित: २० श्रावण २०८१ १९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App